डोटी काँग्रेसबाट प्रतिनिधि सभा सदस्यमा १६ जना आकाङ्क्षी 

डोटी : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेस डोटीबाट प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ७ गरी जम्मा १६ जनाले उम्मेदवार हुने आकाङ्क्षा देखाएका छन् । नेपाली काँग्रेसले जारी गरेको सूचना अनुसार पार्टी कार्यालयमा बिहीबार ठुलो सङ्ख्यामा आधिकारिक रूपमा नाम दर्ता गराएका छन् ।
Sayalb
प्रत्यक्षतर्फ नाम दर्ता गराउनेहरूमा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायर, सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत बहादुर खड्का, गोरख बहादुर  विष्ट ‘आनन्द’,  भक्त बहादुर बलायर, जितेन्द्र शाही, पुष्प कुमार शाही, यज्ञराज पाठक, टेकराज ओझा र हर्क देउवा रहेका छन् ।
त्यसै गरी समानुपातिक तर्फ संविधान सभा सदस्य कल्पना शोप, पदम सिंह मल्ल, दिल बहादुर शाही, मुक्तिनाथ शर्मा, प्रशिस महरा, पूर्ण सिं कठायत र योगेन्द्र माझी ‘गोपाल’ले पार्टी कार्यालयमा आवेदन दिएका छन् । आकाङ्क्षी सबैको नाम माथि पठाइने पार्टी सभापति नरेन्द्र बहादुर सिंहले बताए ।
Shaileshwori
Loading...