Before Header
After Navigation

एमाले नेता पूर्णराज जोशी सहितका नेता माओवादी केन्द्रमा प्रवेश 

धनगढी : नेकपा एमालेका सुदूरपश्चिम प्रदेश समिति सदस्य तथा पूर्व दिपायल  सिलगढी नगरपालिकाका नगर प्रमुख पूर्णराज जोशी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेता जोशी सहित दिपायल सिलगढी नगरपालिका पूर्व कार्यपालिका सदस्य एमाले नगर कमिटी उपाध्यक्ष  नेता टेकबहादुर बिक, एमाले बोगटान नेता गोरखबहादुर चन्द  र एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य धनबहादुर ओली पार्टी प्रवेश गरेका हुन ।
Sagan sahari bhawan nirman aayojana
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशद्वारा धनगढीमा आयोजित प्रदेश स्तरीय राजनीति तथा वैचारिक प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, सुप इन्चार्ज खगराज भट्ट सहितका नेताहरूले स्वागत गरेका हुन ।
Shaileshwori
Loading...