
अछाम : अछाममा छुट्टाछुट्टै पहिरोमा परेर १० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीका अनुसार कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँटीमा पहिरोले घर पुर्दा ४ जनाको मृत्यु भएको छ भने सात जनाको उद्धार गरिएको छ । अझै तीन जनाको उद्धार कार्य जारी छ ।
यस्तै तुर्माखाद गाउँपालिका वडा नम्बर ६ नारामा दुई घर पहिरोले बगाउँदा ९ जना बेपत्ता भएका डिएसपी डाँगीले बताए । उनीहरूको उद्धार कार्य जारी राखिएको छ ।
यसैबिच कमलबजार नगरपालिका वडा नम्बर ८ डुङ्ङलामा पहिरोले घर पुर्दा ५ जनाको मृत्यु भएको छ । त्यहाँ एक जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
अछामकै ढकारी गाउँपालिका वडा नम्बर ६ सिमानीमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ । त्यहाँ ३ जनाको उद्धार भएको छ भने एक जनाको उद्धार कार्य जारी राखिएको छ । जिल्लामा एकै दिन ठुलो मानवीय क्षति भएको छ । घटना बारे विवरण सङ्कलन गर्ने कार्य र उद्धार कार्य भइरहेको अछाम प्रहरीले जनाको छ ।

