शिखरले जित्यो प्रथम पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता

डोटी : प्रथम पालिका स्तरीय जनप्रतिनिधि तथा कर्मचारी सद्भावना पुरुष फुटबल प्रतियोगिता २०७९ शिखर नगरपालिकाले जितेको छ । डोटीको सिलगढी स्थित टुँडिखेलमा सम्पन्न भएको खेलमा दिपायल सिलगढी नगरपालिकालाई हराउँदै शिखर नगरपालिकाले जित हात पारेको हो । खेल निर्धारित समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी बाट १-० को गोल अन्तरले शिखरले जित हात पारेको हो ।

Sayalb

दिपायल सिलगढी नगरपालिकाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा नौ वटा टिम सहभागी थिए । प्रतियोगितामा दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, जोरायल गाउँपालिका, केआईसिंह गाउँपालिका र आदर्श गाउँपालिका, डोटी बहुमुखी क्याम्पस, उद्योग वाणिज्य सङ्घ, बैंकर्स तथा स्वास्थ्यकर्मीहरूको टिमले सहभागिता जनाएका हुन् ।

प्रतियोगितामा प्रथम भएको शिखर नगरपालिकाको टिमले नगद ४० हजार तथा ट्रफि र दोस्रो भएको आयोजक टिम दिपायल सिलगढीले २५ हजार नगद तथा ट्रफि प्राप्त गरेको थियो । प्रतियोगिता बुधवारबाट सुरु भएको थियो ।

Shaileshwori
Loading...