
डोटी ,असोज ८
सुबास नेपाली
डोटीमा पहिलोपटक सुदूरपश्चिम प्रदेश स्तरिय ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ प्रतियोगिता शुरु भएको छ ।
भैरब प्रशाद गण,दिपायल सिलगढी नगरपालिका वडा–६ र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरिय ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ फुटबल प्रतियोगिताको आजदेखि स्थानीय टुडिखेलमा सुरु भएको हो।
कान्छि नेपालका नामले परिचित सिलगढिबाट पछिल्लो समय बसाइँसराइ गरि जानेको संख्यामा वृद्धि भए संगै बजार सुनसान बन्दै गएपछि बजारको अस्तित्वलाई केहिहद सम्म बचाउन खेलका माध्यमबाट पर्यटक भित्र्याउने र यहाँका स्थानिय कला संस्कृतिको प्रचारप्रसार गरि एकातिर स्थानीय खेलाडीहरुलाई खेलकुद तर्फ आकर्षक गरि खेलको प्रबर्द्धन गर्नुका साथै अर्कोतिर पर्यटक भित्र्याउने उदेश्य रहेको गणपति कार्किले बताउनुभयो ।
कैलाली र बाजुरा बिच भएको खेलमा कैलालीले बाजुरा लाई २-१ ले पराजित गर्दै कैलालीले सेमिफाइनलको यात्रा तय गरेको छ भने बाजुरा खेलबाट बहिरिएको छ।

डडेल्धुरा र उद्योग बाणिज्य संघ डोटी बिच भएको दोस्रो खेलको पहिलो हापमा १-१ गोल र दोस्रो हापमा दुबै टिमले १- १ गरे पछि दुबै टिमको २-२ गोल भएको थियो।
खेलमा दुबै टिमको समान गोल भए पछि टाइब्रेकर पेनाल्टी सुट आउट्मा डडेल्धुराले ५ गोल र उद्योग बाणिज्य संघ डोटीले ४ गोल गरे पछि डडेल्धुरा सेमिफाइनलमा प्रवेश गरेको छभने उद्योग बाणिज्य संघ डोटी पनि खेलबाट बाहिरिएको छ।
त्यस्तैआजै भएको डोटी र भैरव प्रसाद गण बिच भएको सेमिफाइनल खेलमा भैरव प्रसाद गण ले डोटीलाई ५ -२ पराजित गर्दै फाईनल मा प्रबेश गरेको छ्।
यसरि जिल्लामा पहिलो पटक प्रदेश स्तरिय खेल आयोजना भए संगै यहा स्थानिय खुसि भएका छन भने ब्यापारिक चहल पहल बढेको छ।
गोल्डकपमा प्रथम हुनेलाई १ लाख, दोस्रो हुनेलाई ५० हजार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ ।
