
गणेश मौनी
असोज १५ डोटी
खैरो हिरोइन जस्तो देखिने लागु औषध सहित डोटीमा शुक्रवार एक जना पक्राउ परेका छन् । कैलालीको धनगढीबाट डोटीको दिपायल पुगेको सु.प.प्र.०१००१ ख २८२६ नम्बरको बसमा सोही बसको चालक डोटी बडीकेदार गाउँपालिका वडा नम्बर १ घर भएका वर्ष २९ को खडक बहादुर कलेललाई ३ ग्राम ८३ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागु औषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले बताए ।
लागु औषध खैरो हिरोइन बोकी ल्याउदैछ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरी टोलीले शुक्रवार पिपल्ला बजारमा पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय डोटीले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै चालक कलेल र निजले चलाई रहेको बस प्रहरीले नियन्त्रणमा लिई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कार्बाहिको लागि थप अनुसन्धान भईरहको समेत जनाएको छ।

