कृषि ज्ञान केन्द्र डोटीले ४२ औँ विश्व खाद्य दिवस मनायो

डोटी :  कृषि ज्ञान केन्द्र डोटीले ४२ औँ विश्व खाद्य दिवस मनाएको छ । उत्पादन, पोषण र वातावरणमा सुधार, सुखी जीवनको आधार भन्ने मूल नाराका साथ सिलगढी स्थित कृषि ज्ञान केन्द्र डोटीको सभा हलमा एक औपचारिक कार्यक्रमका बिच दिवस मनाइएको हो । जिल्लाको कृषि क्षेत्रमा देखा परेको चुनौती, समस्या, सम्भावना लगायत खाद्य सुरक्षालाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा कार्यक्रममा छलफल गरिएको थियो ।  स्थानीय स्तरका उत्पादनलाई प्रवर्द्धन गर्नुपर्नेमा कार्यक्रमका सहभागीको जोड रहेको थियो ।

डोटी जिल्लामा ४ हजार मेट्रिक टन भन्दा बढी खाद्यान्न सुरक्षित भण्डार रहेको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ । दिवस बृहत् रूपमा कृषकहरूका बिचमा मनाउने योजना बनाएको भए पनि देश प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा होमिएको बेला आचारसंहिता पालना गर्नुपर्ने भएकाले सीमित रूपमा मनाइएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरूले बताए । डोटीका केही उत्पादनलाई ब्रान्डीङ गरेर चाडै बजारमा बिक्रीका लागि राख्ने योजना रहेको प्रमुख पनेरूले बताएका छन् । जसको लागि धनगढीमा रहेको भाटभटेनीसँग समन्वय गरिरहेको पनि उनले बताए ।

Sayalb

खाद्य सुरक्षा बढाउन उत्पादनमा जोड दिनुपर्ने प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । जिल्लामा तरकारी जन्य कृषि उपजमा उत्पादन कम भइरहेको कुरा बताउँदै युवालाई कृषिसँग जोड्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले औँल्याइन । सुरक्षित भण्डारमा रहेको खाद्यान्नको सहज पहुँचमा नागरिक छन् कि छैनन् भनेर यकिन गर्न पनि उनले केन्द्रलाई निर्देशन दिइन ।

 

Shaileshwori
Loading...