

सुबास नेपाली, डोटी
३०१ औं पृथ्वी जयन्ती तथा एकता दिवसको उपलक्ष्यमा हुन गइरहेको खप्तड-शैलेश्वरि अन्तर विद्यालय खेलकुद प्रतियोगिता २०७९ को सम्पुर्ण तयारी पुरा भएको छ। डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गण र जिल्ला स्तरिय बाल सञ्जालको आयोजना तथा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ को कार्यालय र ग्लोबल आईएमई बैंक डोटी शाखाको प्रायोजनमा हुने खेलकुद प्रतियोगिता भइरहेको छ । प्रतियोगिता तर्फ छात्र फुटबल प्रतियोगितामा १० टिम, छात्रा कबड्डि प्रतियोगितामा १० टिम र चित्रकला प्रतियोगितामा १० विद्यालयका १-१ जना विद्यार्थीहरुको प्रतिस्पर्धा रहने आयोजकले जनाएको छ।
त्यसैगरी एक हातले भैरव ईटा उचाल्ने प्रतियोगिता पनि राखिएको र उक्त प्रतियोगितामा इच्छुक सबैले सहभागिता जनाउन सक्ने छन भने प्रथम हुनेलाई विशेष पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
यही पौष ९ गते देखी १२ गते सम्म चल्ने खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम विशेष रहने भएको छ। पौष ९ गते बिहान ९ बजे उदघाटन हुने कार्यक्रममा टुडिखेलमा बाजागाजा र विशेष झाकिका साथ मार्चपास गरिने छ।
