खप्तड-शैलेश्वरी खेलकुद प्रतियोगिता अन्तरगत कबड्डी प्रतियोगिता

143
Shaileshwori

सुबास नेपाली
३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा डोटी जिल्ला सिलगढी स्थित श्री भैरब प्रसाद गण र जिल्ला स्तरिय वाल सञ्जाल डोटीको संयुक्त आयोजना तथा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ को प्रयोजनमा टुडिखेल खेलमैदानमा कबड्डी प्रतियोगिता सञ्चालन भएको छ ।
शनिबारबाट सुरु भएको प्रतियोगितामा आइतबार पहिलो खेल सुजङ्ग ईंग्लिस बोर्डिङ्ग स्कुल र श्री पद्मा पब्लिक माद्यामिक विद्यालय बिच भएकोमा १८-६१ अंङ्क सहित पद्मा पब्लिक बिजयी भएको छ । त्यस्तै दोस्रो खेल तेडी माद्यामिक विद्यालय र भागरथी ऐकेडेमी बिच भएकोमा ४७-३६ अंङ्क सहित तेडी माद्यामिक विद्यादय बिजयी भएको छ । तेस्रो खेल पबित्र बोर्डिङ्ग स्कुल र देवी माद्यामिक विद्यालय बिच भएकोमा ६३-२५ अंङ्क सहित पबित्रा बोर्डिङ्ग स्कुल बिजयी भएको छ।
चौथो खेल मगलेख माद्यामिक विद्यालय र पद्मा पब्लिक माद्यामिक विद्यालय बिच भएकोमा १९-८० अंङ्क सहित पद्मा पब्लिक बिजयी भएको छ। आजै भएको पांचौ खेल पबित्र बोर्डिङ्ग स्कुल र तेडी माद्यामिक विद्यालय बिच भएको हो । जसमा ४१-२५ को अंङ्क सहित पबित्रा बोर्डिङ्ग स्कुल बिजयी भएको छ ।
कबड्डी प्रतियोगिताको फाईनल खेल मिति १२ गते पबित्र बोर्डिङ्ग स्कुल र पद्मा पब्लिक मद्यामिक विद्यालय बिच हुने श्री भैरब प्रसाद गणका खेल अधिकृत सह सेनानी श्री सौरभ चौधरीले जानकारी दिनुभयो।
त्यस्तै अन्तर स्कुल फुटबल (छात्र) तथा कबड्डी (छात्रा) प्रतियोगिता २०७९” अन्तर्गतको फुटबल प्रतियोगिताको दोस्रो सेमी फाईनल खेल ११ गते साढे १० बजे श्री सुजङ्ग बोर्डिङ्ग स्कुल र पबित्र ईंग्लिस बोर्डिङ्ग स्कुल बिच हुने भएको छ ।

Sujang New
Leave A Reply

Your email address will not be published.