खप्तड–शैलेश्वरी खेलकुद प्रतियोगिताका फाइनल खेल भोलि

188
Shaileshwori
सुवास नेपाली, डोटी
३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सञ्चालन भइरहेको फुटबल तथा भलिबल प्रतियोगिताका फाइनल खेल भोलि हुने भएका छन् । श्री भैरव प्रसाद गण र जिल्ला स्तरीय वाल सञ्जाल डोटीको संयुक्त आयोजनामा सञ्चालन भइरहेको फुटबल प्रतियोगितामा पदम पब्लिक मुक्ति नारायण माद्यामिक विद्यालय र सुजंग बोर्डिङ स्कुल बिच फाइनल खेल हुने भएको छ ।
कबड्डी प्रतियोगितामा पदम पब्लिक मुक्ति नारायण माद्यामिक विद्यालय र पवित्र बोर्डिङ स्कुल बिच हुने आयोजकले जनाएको छ ।   ९ गते सञ्चालन गरिएको चित्रकला प्रतियोगिताको नतिजा आयोजकले सार्वजनिक गरेको छ। १० वटा विद्यालय सहभागी  प्रतियोगितामा तेडि माद्यामिक विद्यालयको कक्षा ७ मा अध्ययनरत आसिक साउद प्रथम भएका छन् । पदम पब्लिक मुक्ति नारायण माद्यामिक विद्यालयको कक्षा ८ मा अध्ययनरत  डायमन्ड ओली दोस्रो भएका छन् ।
Sujang New
Leave A Reply

Your email address will not be published.