एकता बहु उदेश्य सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

एकता बहु उदेश्य सहकारी संस्था लिमिटेको तेस्रो बार्षिय साधारण सभा सम्पन्न भएको छ । ३ सय ५० जना शेयर सदस्य रहेको उक्त सहकारीमा अधिकांस महिला सदस्यहरु रहेका छन् ।
बोगटान फुडसिल गाउँपालिका–५ धिर्कामाण्डौमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारी कृषी उत्पादन, बिउ संकलन, बचत तथा ऋण लगाएतका कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष टेकबहादुर बोहराले जानकारी दिनु भएको छ ।

Sayalb


सहकारीका मूल्य मान्यता र सिद्धान्तको अबलम्बन गर्दै सञ्चालन रहेको सहकारीको बिकासका लागी गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले बताउनु भएको छ । सहकारी संस्थाको कुल पुजि ९५ लाख २९ हजार चार सय ८३ रहेको संहकारीका अध्यक्ष टेकबहादुर बोहराले जानकारी दिनु भएको छ ।

Shaileshwori
Loading...