ग्यासको आगोले जलेर घाईते बिद्यार्थिलाई पुर्बिचौकी गाउँपालिका अध्यक्षद्वारा सहयोग

Sayalb

टेक साउँद/ काठमाण्डौैं
काठमाण्डौंमा ग्यासको आगोमा जलेर गम्भीर घाईते भएका पुर्बिचौकीमा दुई बिद्यार्थिलाई पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रशाद उपाध्यायले ५० हजार आर्थिक सहयोग गरेका छन् । काठमाण्डौ स्थित कीर्तिपुरमा रहेको कृतिपुर अस्पतालमै पुगेर पुर्बिचौकि गाउँपालिका–२ बगलेक घरभई काठमाडौं बस्दै आएका २३ बर्षिया विवेक ठकुल्ला र २५ बर्षिया टेकराज ठकुल्लाको शुक्रवार बिहान कोठामा खाना पकाउने क्रममा ग्याँस लिग भई आगलागीबाट घाइते भएका थिए । टेकराज ठकुल्लाको आईसियुमा राखेर उपचार भईरहेको छ भने बिबेक ठकुल्लाको नर्मल वार्डमा राखेर उपचार भईरहेको छ । घाईते दुवैको अनुहार, हात र खुट्टा जलेका छन् ।
उपचारमा आर्थिक अभाब ब्यहोरी रहेका घाईते बिद्यार्थिलाइ गाउँपालिकाका अध्यक्षले गरेको सहयोग रकमले केही राहत गरेको उनिहरुले बताएका छन् ।

Shaileshwori
Loading...