

डोटी :डोटीको पुर्विचौकी गाउँपालिका वडा नम्बर ५ का ३१ भूकम्प प्रभावित घर परिवारलाई न्यानो लुगा वितरण गरिएको छ । पुर्विचौकी गाउँपालिकाको समन्वयमा केयर नेपाल, सम विकास केन्द्र र निड्स नेपालद्वारा आइतबार भौचर मार्फत न्यानो लुगा वितरण गरिएको हो ।
चिसोबाट बच्न केही सहज होस् भन्ने उद्देश्यले प्रति परिवार ८ हजार तीन सय रुपैयाँ बराबरका न्यानो कपडा भूकम्प प्रभावितहरूलाई वितरण गरिएको सम विकास केन्द्रका सम्पर्क व्यक्ति केशव परियारले जानकारी दिनुभयो ।
पुर्विचौकी गाउँपालिका एक सय ३५ जना भूकम्प प्रभावितलाई न्यानो लुगा वितरण गर्ने लक्ष्य राखिएको छ । अहिलेलाई न्यानो लुगा वितरण कार्यक्रम पुर्विचौकी गाउँपालिकामा मात्रै भए पनि पछि यसलाई थप विस्तार गरिने परियारले बताउनुभयो ।

