हाँस्य टेली सिरीयाल नसानाडीको छायांकन सुरु

धनगढी : जनचेतना सन्चार समुहद्वारा सञ्चालीत हाँस्यटेली सिरीयल नसानाडीको छायांकन सुरु भएको छ । नसानाडीको कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा रहेको राजघाटमा छायांकन गरेको संस्थाका अध्यक्ष बिजय राज जोशीले जानकारी दिएका छन् ।

आज एक कार्यक्रमका बिच सिरीयलको छायाँकनको सुरुवात गरिएको छ । उक्त सिरीयलले समाजमा भएका विकृति, विसंगति, सुदूरपश्चिमको भेषभुषा, भाषा संस्कृतीलाई जगेर्ना गर्ने, याहाँको रहनसन लगाएतका कुराहरुलाई ब्याङ्गयात्मक तरिकाले पर्दामा उतार्ने गरी काम गर्ने निर्माण पक्षले बताएको छ ।

Sayalb

सिरीयलको कथा/पटकथा/सम्बाद/लेखन र निर्देशन निखिल आचार्य, दिर्घ शाही र विजय जोशीले गरेका छन् भने छायांकन देबेन्द्र पाण्डेले गरेका हुन् । सिरियलको प्रसारण ’निउज नेपाल टेलिभिजन’ ले गर्ने भएको छ ।

सिरियल आउँदो फागुन १५ गते सोमवार राती ८ बजे देखि प्रत्येक सोमवार सोही समयमा प्रशारण हुने संस्थाले बताएको छ ।सिरीयलमा निखिल आचार्य, दिर्घ बहादुर शाही, सुदिप थापा, विजय राज जोशी, नरेश प्रसाद जोशी, मोहन पनेरु, सुरज चन्द, जमुना साउँद, सिता चौधरी, सृजना भट्ट लगाएत कलाकारहरुको अभिनय रहेको छ । सोको ओपनिङ गितमा स्वर संगीत/संगीत संयोजन बसन्त साधकले गरेको हुन भने फिमेल आवाज निसा दहितले दिएकी छन् ।

Shaileshwori
Loading...