श्रीमतीको हत्या गरी खाल्टोमा पुर्ने श्रीमान् पक्राउ

125
Shaileshwori

 श्रीमतीको हत्या गरेको आरोपमा अरुण गाउँपालिका २ का ५५ वर्षीय ज्ञानबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमती ४१ वर्षीया गंगा श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले ज्ञानबहादुरलाई पक्राउ गरेको हो। उनले घाँटी थिचेर श्रीमतीको हत्या गरी मलखाल्डोमा पुरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घरायसी विवाद हुँदा मादक पदार्थ सेवन गरेका ज्ञानबहादुरले मदिराको नशामा हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ।

आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ। ओरापितलाई प्रहरीले आइबार नियन्त्रणमा लिएको हो।

Sujang New
Leave A Reply

Your email address will not be published.