दिपायल सिलगढी नपा–४ मा ‘बिद्यार्थिसंग वडा अध्यक्ष’ कार्यक्रम, परम्परागत हानिकारक अभ्यास बारे छलफल

किरण धामी
डोटीमा लागु औषध दुव्र्यसनी र परम्परागत हानिकारक अभ्यास सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ ले ‘विद्यार्थिसँग वडा अध्यक्ष’ कार्यक्रम अन्तर्गत राजपुरमा एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा वडा भित्रका चार माद्यामिक विद्यालयका एक सय ४२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।


वडा भित्र रहेका सहिद स्मृति आवासीय माद्यामिक विद्यालय, कुमालीकोट माद्यामिक माद्यामिक विद्यालय, अमरज्योति इङ्लिस बोर्डिङ स्क ुल र सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलका एकरएक जना शिक्षक सहित कक्षा ८ देखि १० कक्षामा अध्ययनरत विद्यार्थीको कार्यक्रममा सहभागिता रहेको वडा सचिव लोकेन्द्रराज जोशीले जानकारी दिनुभयो । कार्यक्रममा प्रशिक्षक उच्च अदालत दिपायलका शाखा अधिकृत वसन्त पाध्यायले लागु औषध दुव्र्यसनी र मानवअधिकारकर्मी रामहरि ओझाले परम्परागत हानिकारक अभ्यास सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो ।

Sayalb


समाजमा लागु औषध दुव्र्यसनी बढ्दै गइरहेको र परम्परागत हानिकारक अभ्यासले जडो गाडेर बसेकाले यस्ता हानिकारक क्रियाकलापको न्यूनिकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको वडा अध्यक्ष अशोक सोवले बताउनुभयो । विद्यार्थीसँग अभिमुखीकरण कार्यक्रम गरिएमा समाजमा सकारात्मक प्रभाव पर्ने भएकाले विद्यार्थीसँग वडा अध्यक्ष कार्यक्रमको सुरुवात गरेर विभिन्न जनचेतनामूलक अभ्यास गरिरहेको वडा अध्यक्ष सोवले बताउनुभयो । विद्यार्थीलाई सचेत गराउन सकेमा पनि समाजमा रहेका विकृतिहरू हटाउन सकिनेमा वडा अध्यक्षको जोड छ ।
हाम्रो समाजमा जानी नजानी परम्पराको नाममा बिभेद हुदै आएको कुरा आफुहरुले कार्यक्रममा सहभागी भएपछि जानकारी प्राप्त गरेको कुमालीकोट माध्यामिक बिद्यालयका बिद्यार्थि संगिता ताम्राकारले बताईन् । उनले भनिन् ‘समाजमा बिद्यमान हानिकारक परम्परा अन्त्य गर्नका लागी बिद्यार्थिको महत्वपुर्ण भूमिका निर्वाह हुने रहेछ । अब हाम्रो सामाजिक दायित्व बढेको महशुस भयो ।’

Shaileshwori
Loading...