बिकास र समृद्धिका लागि नेकपा तयार : अध्यक्ष मल्ल
प्रकाश जोशी
डोटी, असोज ९ डोटी
जनताको चाहना अनुसार विकास र समृद्धिका लागि नेकपा तयार रहेको नेकपा डोटीका अध्यक्ष चक्र मल्लले बताएका छन् ।
नेकपाको के.आई.सिंह गाउँ संगठन कमिटिको शुक्रबार सम्पन्न चौथो पूर्ण बैठकलाई सम्वोधन गर्दै नेता मल्लले यस्तो बताएका हुन् ।
देशमा संघ, प्रदेश तथा स्थानीय तहमा नेकपा नेतृत्वको सरकारले गरेका काम कारवाहीको समिक्षा गर्दै जनभावना अनुसार काम गर्न नेकपा तयार रहेको उनले बताए ।
त्यस्तै कार्यक्रम बोल्दै नेकपा डोटीका सचिव जङ्ग बि.क. (शैलेन्द्र) ले नेकपा सबै वर्ग, जातजाती, समुदायको साझा पार्टी भएकाले कसैलाई पनि काखा र पाखा नभनी विकासमा जुटीरहेको बताए ।
नेकपा के.आई.सिंह गाउँ संगठन कमिटि अध्यक्ष दिलिप कठायतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका सुदूरपश्चिम प्रदेश कमिटि सदस्यहरु नारद मलासी, योगेन्द्र बोहरा (भरत), जिल्ला कमिटि सदस्यहरु, राष्ट्रिय युवा संघ र अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमलाई संवोधन गर्ने नेताहरुले पार्टीको राजनीतिक कार्यदिशा, सिद्धान्त, विचार र रणनीतिबारे कार्यक्रममा धारणा राखेका थिए ।
वि.सं. २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्य पार्टीलाई निल गर्दै नेपाली काँग्रेसले एकलौटी जित हासिल गरेको केआईंसिंह गाउँपालिकामा सम्पन्न नेकपाको सोहि कार्यक्रमबाट नेपाली काँग्रेस पार्टी परित्याग गरी ४५ जना स्थानीय नेता तथा कार्यकर्ता नेकपामा प्रवेश समेत गरेका छन् ।