दिपायल सिलगढी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड पद्म पब्लिकलाइ

106
Shaileshwori

विक्रम खड्का, डोटी

दिपायल सिलगढी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पद्मपव्लिक मुक्तिनारायण विद्यालयले जितेको छ । फागुन सोमबार बाट सुरु भएको प्रतियोगितामा ३५ पदक जित्दै पद्मपव्लिक मुक्तिनारायण विद्यालय सिलगढीले रनिङ सिल्ड हात पारेको हो । प्रतियोगितामा जम्मा ४२ पदक रहेका थिए । पद्म पब्लिकले २१ स्वर्ण, १० रजत र ४ कांस्य पदक जितेको छ ।

प्रतियोगितामा १० स्वर्ण, १० रजत र ५ कांस्य सहित २५ पदक जित्दै सूजुङ इङ्ग्लिस बोर्डिङ स्कुल दिपायल दृतिय र ४ स्वर्ण, २ रजत र ५ कांस्य सहित ११ पदक प्राप्त गर्दै सुना देवी माद्यामिक विद्यालय तृतीय भएको छ ।

स्थानीय स्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको नगर प्रमुख बाजि सिंह खड्काले बताए। बुधवार सम्पन्न प्रतियोगितामा १३ विद्यालयको सहभागिता थियो ।

Sujang New
Leave A Reply

Your email address will not be published.