एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन सुदूरपश्चिम प्रदेश समितिको नयाँ नेतृत्व चयन

कैलाली : एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा खड्का मन्नी चयन भएका छन् ।  गौरीगङ्गामा सम्पन्न भएको दोस्रो प्रदेश अधिवेशनले मन्नीको अध्यक्षतामा ५१ सदस्यीय समितिको निर्विरोध चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा धौलासिंह जाग्री र गीता जोशी उपाध्यक्षमा राम प्रसाद सापकोटा र यज्ञराज पनेरु, महासचिव मनोज रावल, अर्थ उप-महासचिव परमानन्द नाथ, उप- महासचिव लोकराज भट्ट, सचिवमा धन प्रकाश गिरी, कुल बहादुर भण्डारी र राम बहादुर ऐर चयन भएका छन् भने सदस्यहरूमा जब्बर बडूवाल, धनञ्जय ढुङ्गाना,लिखिनी चौधरी, चक्र मल्ल, दान बहादुर शाह, उज्ज्वल सिंह धानुक, प्रेमदत्त कलौनीभागीरथ पाण्डेय, परमानन्द जोशी लगायत रहेका छन् ‌।

Sayalb

अधिवेशनले कृष्ण बहादुर विष्टको संयोजकत्वमा ११ सदस्य समितिको चयन गरेको छ । समितिको सदस्यहरूमा क्रमशः टङ्क संज्याल, जयदेव जोशी, धर्म न्यौपाने, जयबहादुर कुँवर,पदम बहादुर ऐर, पदमराज जोशी ललितराज जोशी, मकर शाह, इन्द्र बहादुर साउद र दमन महता रहेका छन् ।

नेकपा माओवादी ( केन्द्र )का सुदूरपश्चिम प्रदेश अध्यक्ष, तथा राष्ट्रिय सभा सदस्य माननीय हरिराम चौधरी ( उत्सव) को प्रमुख आतिथ्य तथा सङ्गठनका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज चेतना रेग्मीको विशिष्ट आतिथ्ययतामा संविधान सभा सदस्य कृष्ण कुमार चौधरी (कुन्दन)को उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।

Shaileshwori
Loading...