दार्चुलामा बलात्कार आरोपी पक्राउ परेका छन्।

बालिकालाई जर्बजस्ती करणी गरी फरार रहेका शैल्यशिखर नगरपालिका–४ काणापारीका ४९ वर्षीय बिसन ठगुन्नालाई ८ दिनपछि बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। १६ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेर फरार रहेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए।

Sayalb

आरोपी ठगुन्नाले गाउँकी सुस्तमनस्थिति भएकी बालिकालाई २०७९ चैत २९ गते जबरजस्ती करणी गरी फरारपछि पिडीत परिवारले बैशाख १ गते प्रहरीमा उजुरी दिएका थिए। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले ठगुन्नालाई सदरमुकामको बांगाबगडबाट पक्राउ गरिएको हो।

Shaileshwori
Loading...