
जसरी ऐश्वर्या रायको अभिषेक बच्चनसँगको विवाहले सबैलाई चकित बनाएको थियो, त्यसै गरी अभिनेत्रीको अचानक गर्भावस्थाको खबरले सबैलाई चकित बनाएको थियो । किनभने ऐश्वर्यालाई मधुर भण्डारकरले आफ्नो फिल्म ‘हिरोइन’ मा साइन गरेका थिए । तर अभिनेत्रीले गर्भावस्थाका कारण फिल्म बिचमै छाडिदिइन् ।
यो विषयलाई लिएर निकै हङ्गामा भयो । मधुर भण्डारकरले पनि यसका लागि लामो पोस्टमा आक्रोश व्यक्त गरेका थिए । ऐश्वर्याको गर्भावस्थालाई लिएर विभिन्न कुराहरू बने । उद्योगमा धेरैले ऐश्वर्या राईमाथि औँलासमेत उठाए । यो देखेर ससुरा अमिताभ बच्चन रिसाए र उनले बुहारीको बचाउ गरे । यही पुरानो कुरालाई आज खोतलौँ ।

यो सन् २०११ को कुरा हो । त्यति बेला मधुर भण्डारकरले ऐश्वर्यालाई ‘हिरोइन’का लागि साइन गरे । त्यस वर्ष पनि कान्स फिल्म फेस्टिभलमा मधुरले ऐश्वर्यालाई हिरोइनको रूपमा प्रस्तुत गरेका थिए । तर, ६५ दिनको सुटिङपछि ऐश्वर्याले अचानक फिल्म छाडिन् र आफू गर्भवती भएको बताइन् ।
जसका कारण मधुर रिसाए । त्यसपछि उनले एक विज्ञप्ति जारी गर्दै ऐश्वर्याले आफ्नो स्वास्थ्य र सम्पूर्ण अवस्थाबारे पहिल्यै जानकारी गराएको भए यस्तो अवस्था नआउने बताएका थिए ।
