सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बैतडीस्थित झुलाघाट नाकालाई व्यवस्थित र स्तरोन्नती गरिने बताएका छन् । नाकाको निरीक्षण र अवलोकन गर्न शुक्रबार बिहान झुलाघाट पुगेका मुख्यमन्त्री शाहले यो नाकालाई व्यवस्थित र स्तरोन्नती गर्ने बताए ।
झुलाघाट नाका भारतसंग जोडिएको पुरानो र ऐतिहासिक नाका भएकाले यो नाकाको व्यवस्थापन र स्तरोन्नतीमा प्रदेश सरकारले ध्यान दिने उनले बताए । उनले भने ‘झुलाघाट नाका भारतसंगको पुरानो नाका हो । यो नाकालाई व्यवस्थित गर्नका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गर्छ ।’
झुलाघाट नाकामा मोटरेबल पुल निर्माणको बिषय धेरै पहिलादेखि उठीरहेको भन्दै मुख्यमन्त्री शाहले पुल निर्माणका बिषयमा प्रधानमन्त्रीको भारत भ्रमणका बेला कुरा उठाइने बताए