
चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनामा एलपी ग्यासको आयात ह्वात्तै घटेको छ । आगामी केही वर्षसम्म एलपी ग्यासको खपत निरन्तर बढ्ने आयल निगमको प्रक्षेपण विपरीत आयात खुम्चिएको हो ।
चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा ८१ लाख किलो आयात घटेको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको तुलनामा एलपी ग्यासको आयात ह्वात्तै घटेको हो । गत वर्षको ९ महिना अर्थात साउनदेखि चैतसम्ममा ३९ करोड ५७ लाख किलो एलपी ग्यास आयात भएको थियो ।

बिजुलीको उपलब्धता बढ्दै जाँदा उपभोक्ताहरूले पानी तताउन, चिया पकाउन, गिजर चलाउनका साथै खाना पकाउन समेत इन्डक्सन र इन्फ्रारेड चुलोको प्रयोग बढाउँदै लगेको छन् । यसको विपरीत एलपी ग्यासको मूल्य निरन्तर बढ्दै जाँदा समेत उपभोक्ताले सकेसम्म प्रयोग घटाउने योजना अघि सार्दा खपत घटेको निगमको भनाई छ ।
