

वैशाख ३ गते परराष्ट्र मन्त्रीको शपथ लिएको दिन मन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने प्रतिक्रिया दिएका थिए । ‘भर्खरै म कार्यालय आएको छु, कर्मचारीसँग ब्रिफिङ लिएर भ्रमणको तयारी अगाडि बढाउँछु,’ परराष्ट्र मन्त्री साउदले भनेका थिए । तर, आजसम्म मिति तय हुन नसक्दा भ्रमण नै अनिश्चित बन्न पुगेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको एजेन्डाबारे दुवै देशका अधिकारीले छलफल गरिरहेका छन् । ‘मिति तय गर्नका लागि तयारी पनि पुगेको छैन’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘दुवै देशका अधिकारीले साझा एजेन्डामा छलफल गरिरहेका छन्, एजेन्डा तय भएपछि मात्र मिति घोषणा हुन्छ ।’
‘भ्रमणको क्रममा छलफल हुने एजेन्डाको विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको छ, केही दिनमा सबै विषय टुङ्गो लाग्छ । त्यसपछि मिति तय हुन्छ’, उनको भनाइ छ
