Before Header
After Navigation

सरकारविरुद्ध अनेरास्ववियु डोटीको प्रदर्शन

डोटी : नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले डोटीमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । बुधवार साँझ जिल्ला प्रशासन कार्यालय अगाडी अनेरास्ववियुले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा लगायतका सत्तारुढ दलका शीर्ष नेताको पुत्ला दहन गरेर विरोध प्रदर्शन गरेको हो ।
Sagan sahari bhawan nirman aayojana
अनेरास्ववियुले बुधवार इतिहासकै कालो दिन मनाएको अनेरास्ववियुका जिल्ला अध्यक्ष वीर बिस्टले जानकारी दिए । डोटीमा अनेरास्ववियु राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरणको विरुद्धमा आन्दोलित बनेको उनले बताए । राष्ट्रपति पौडेलले बुधवार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।
Shaileshwori
Loading...