Before Header
After Navigation

राष्ट्र निर्माणमा युवाको भूमिका

युवा देशको लागी आवश्यक जनशक्ति हो । कुनै पनि देशको आर्थिक विकास वा मानव संसाधन विकास हुनका लागि त्यो देशले युवा जनशक्ति परीक्षणराष्ट्र निर्माणमा युवाको भूमिका” गर्छ वा गराउँछ अथवा त्यस राष्ट्रका युवा जनशक्तिको अवस्था के छ त्यस आधारमा नै विभिन्न सुचाङ्कहरू अगाडि बढाएको पाइन्छ

Sagan sahari bhawan nirman aayojana

इतिहासको हरेक कालखण्डमा युवाले आफ्नो राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ, राष्ट्रियताको विषयमा होस् वा राष्ट्र निर्माण गर्ने कुरामा होस् युवाको उत्तिकै भूमिका रहेको छ। युवा आफैमा स्वचालित शक्ति हो,देशको नीति निर्माण गर्ने देखि लिएर कानुन कार्यान्वयन गराउने कुरा सम्म युवाले भूमिका खेल्न सक्नुपर्छ अनि मात्र राष्ट्र राष्ट्रियता बनाउने कुरामा सहज र सरल हुन्छ ।

नेपालको अवस्था ….

नेपालमा हरेक तह र तप्कामा युवाले भूमिका  खेलेको पाइछ देशमा आर्थिक सङ्कटमा होस् वा अन्य प्राकृतिक आपद् विपदमा होस सकारात्मक भूमिका खेलेको पाइन्छ,राष्ट्र निर्माण गर्ने कुरामा पनि युवाले खेल्नु पर्ने भूमिका के,कति,कसरी भन्ने जस्ता कुराहरू राज्यको अस्पष्टता कारणले पनि होला जति जनताको आशा र भरोसा हुन्छ त्यति गरेको पाइँदैन,नेपालको हरेक प्रशासनिक क्षेत्र  देखि लिएर कानुन निर्माण गर्ने सम्म पछिल्लो समय केही युवा जमात उपस्थिति भएको त पाइन्छ तर पनि हामीले सोचेको यो देशले खोजेको उपस्थिति अझै भएको छैन अर्को तर्फ अलि ज्ञान,क्षमता भएका युवाहरू यो राष्ट्रमा सन्तुष्ट हुन नसकेर वा राष्ट्रले संरक्षण गर्न नसकेर दक्ष जनशक्ति पलायन भएको पाइन्छ,यसमा सबैले ध्यान दिनुपर्छ

गर्नुपर्ने कुराहरू…

युवाहरूले राष्ट्र निर्माणका लागि गर्नुपर्ने कुराहरू त असख्यक छन् वर्तमान अवस्थामा देशको शिक्षा प्रणाली, स्वास्थ्य प्रणाली,यातायातको विकास,बिस्तार तथा परिवेश सुहाउँदो कसरी बनाउन सकिन्छ भन्ने कुरामा ध्यानाकर्षण हुन जरुरी छ जब राष्ट्रमा शिक्षा प्रणाली कमजोर हुन्छ त्यसपछि त्यो देशको आर्थिक,राजनीतिक,सामाजिक तथा मानव संसाधन विकास पनि कमजोर हुन्छ  तथा अन्य सबैमा क्षेत्रमा नकारात्मक प्रभाव पर्छ

देश निर्माण हुनका लागि त्यो देशका युवा जनशक्ति परिचालन गराउन सक्नुपर्छ नेपालको सन्दर्भमा युवाहरूले स्थानीय स्तरमा भएका प्राकृतिक स्रोत साधनहरूको बजारीकरण,समय सुहाउँदो शैक्षिक प्रणाली बनाउनमा सहयोग,देशको राजनीतिक क्षेत्रमा हस्तक्षेप गर्दै जाने वा युवा पुस्ताको सहभागिता बढाउने,स्थानीय स्तरमा जनप्रतिनिधिको रूपमा कार्यरत भई त्यहाँका स्थानीय समस्या राष्ट्रियकरण गर्ने,आफ्ना जनप्रतिनिधि लाई दबाब दिने,आफ्नो क्षमताले निर्णय गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक सँग नजिक हुने आदि कुरामा युवाले भूमिका खेल्न सकेमा राष्ट्र निर्माणमा युवा लाई कसैले रोक्न सक्दैन र राष्ट्र निर्माणमा युवा निर्णायक जनशक्ति हो।

लेखक प्रेम चन्द 

Shaileshwori
Loading...