
डडेल्धुरा : धनगढीदेखि बाजुरा जाँदै गरेको मिनी ट्रक डडेल्धुरा स्थित रडुवा खोलामा खसेको छ । सोमवार बिहान सुपप्र ०१००१ प १८८६ नम्बरको मिनी ट्रक केआइसिंह राजमार्ग अन्तर्गत गन्यापधुरा गाउँपालिका–२ रडुवामा दुर्घटना भएको हो ।
प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार डोटीको जोरायल गाउँपालिका–२ बस्ने २३ वर्षीय प्रकाश मल्लले चलाएको खाद्यान्न बोकेको ट्रक खोलामा खसेको भए पनि मानवीय क्षति भएको छैन । ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ ।

