सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमको अधिवेशन सम्पन्न


नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमको सभापतिमा सन्तोष लामिछाने चयन भएका छन । नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको कैलालीमा भएको दोस्रो प्रदेश सभा तथा प्रथम अधिवेशनले महासंघको सभापतिमा सन्तोष लामिछानेलाई चयन गरेको हो । यस्तै उपसभापतिमा सुनिल घिमिरे र गणेश सुनार, सचिवमा रूपक सुनार र सहसचिवमा सकुन्तला सोव चयन भएका छन्। । कोषाध्यक्षमा उमेश सुनुवार, सहकोषाध्यक्षमा दिवस जङ स्नेही, सदस्यमा राजकुमार लामिछाने, गणेश पौडेल र दिनेश सोव चयन भएका हुन ।
