रोट्याक्ट क्लब अफ धनगढीको नबौ अध्यक्षमा रमेश चन्द चयन भएका छन् । रोट्याक्ट क्लब अफ धनगढीको नवौँ
अध्यक्षमा रमेश चन्द, उपाध्यक्षमा दिनेश भण्डारी र वसन्त भट्ट, सचिवमा केशव भट्ट र कोषाध्यक्षमा देवराज जोशी चयन भएका थिए । यसै गरी क्लबको सल्लाहकारमा जीवन रेग्मी र लक्ष्मीकान्त जोशी चयन भएका छन् । युवा व्यवसायी समेत रहेका चन्द अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष चयन भएपछि चन्दले भने ‘संस्थालाई अझ गति दिने गरी काम गर्नका लागी तत्पर हुने छु ।’

पदाधिकार तथा बोर्ड सदस्यको रोटरी क्लब अफ धनगढीका अध्यक्ष तथा होटेल ?बसका सञ्चालक प्रकाश भट्टको प्रमुख आतिथ्ययतामा पद स्थापना गरिएको हो । पद स्थापना कार्यक्रममा हिमालयन लोक स्टारका सुदूरपश्चिमबाट फाइनल चरणमा पुग्न सफल भएका कमल जोशी तथा अन्य व्यक्तिको उपस्थिति रहेको थियो ।
जुलाई एक तारेखमा रोट्याक्ट क्लब अफ धनगढीको नयाँ नेतृत्व चयन हुने गर्दछ । रोट्याक्ट क्लब अन्तर्राष्ट्रिय स्तरको सामाजिक संस्था हो । यसमा विभिन्न क्षेत्रमा आबद्ध भएका युवा क्रियाशील हुने गर्दछन् । यो संस्था जोस जाँगर, क्षमता प्रस्फुटन एवम् प्रदर्शन गर्ने उत्कृष्ट सामाजिक संस्था हो । क्लबमा १६ देखि ३० वर्ष सम्मका युवाको समूह अटाउने गर्दछन् ।