बैतडीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ३८ जना घाइते 

बैतडी : बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  भने ३८ जना घाइते भएका छन् । सोमबार दिउँसो पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस मेलौली–पञ्चेश्वर सडक खण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
Sayalb
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका वडा नं ६ रन्तोलीका २८ वर्षीय उमेश भण्डारीको मृत्यु हो । घाइते १६ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । अन्यको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ ।
बस सडकबाट अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको छ । बसमा कति जना सवार थिए भन्ने यकिन हुन बाँकी छ ।
Shaileshwori
Loading...