Before Header
After Navigation

डोटीमा खप्तड शैलेश्वरी गोल्ड कप २०८० को आयोजना हुने

सुवास नेपाली, डोटी
डोटीमा खप्तड शैलेश्वरी गोल्ड कपको दोस्रो संस्करणको आयोजना हुने भएको छ । डोटी उद्योग वाणिज्य सङ्घको आयोजना तथा डोटी भैरव प्रसाद गणको व्यावस्थापनामा जिल्ला स्तरीय खप्तड शैलेश्वरी गोल्ड कप २०८० र महिला कबड्डी प्रतियोगिता हुन लागेको हो ।

Sagan sahari bhawan nirman aayojana

डोटी जिल्लामा सुस्ताउन गएको खेल क्षेत्रलाई माथि उठाउनुका साथै खेलप्रति खेलाडीहरूको मनोबल बढाउन र खेलका माध्यमद्वारा यस क्षेत्रको समग्र पर्यटकीय विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताए । यहाँ राम्रा खेलाडी भए पनि उचित अवसर र पूर्वाधार लगायत कारणले प्रतिभालाई गुम्स्याएर राख्न बाध्य खेलाडीहरूको प्रतिभा पहिचान गर्न प्रतियोगिता आयोजना गर्न लागिएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन कलेलले बताए ।

श्रावण ६ गते बाट सञ्चालन हुने प्रतियोगिताहरूको टिम दर्ताका लागी आयोजकले आव्हान गरिसकेको छ। जस अनुसार ४ गते सम्म टिम दर्ता गरिसक्नु छ । उक्त प्रतियोगिताहरूमा जिल्ला स्थित क्लब, विद्यालय, निजामती कर्मचारी लगायत सङ्घ संस्थाहरूले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । खेल नकआउट प्रणाली द्वारा खेलाइने छ ।

Shaileshwori
Loading...