कारवाहीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत डोटीमा क्रियाशिल नागरिक समाजका अगुवाले बझाङमा घटेको घटनामा दोशीलाई कडा भन्दा कडा कारवाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय डोटी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन ।
बझाङ जिल्लाको मस्टामाण्डौं गाउँपालिकाकी बलत्कार पछि हत्या गरीएकी सम्झना बि.क को घटनाको निश्पक्ष र सत्यतत्य छानविन गरी दोषीलाई कानुन बमोजिमको सजाय र पिडित परिवारलाई न्याय र क्षतिपुर्ति दिनु पर्ने, महिला र बालीकाको बलत्कार जस्ता गंभिर प्रकारका घटनाका दोषिर्ला कडा भन्दा कडा सजायका लागि कानुन संशोधन गरेर भए पनि आजिवन कारवासको सजायको व्यवस्था गर्नु पर्ने, महिला र बालीकाको मानवअधिकार विरुद्ध घटना तथा छुवाछुतका घटनाको निश्पक्ष छानविनका लागी राजनैतिक हस्तक्षेप, मिलमिलाप जस्ता अवान्छित त्रियाकलापहरु सधैका लागी अन्त्य गर्न नेपाल सरकारको निर्देशन र कानुनि व्यवस्था गरिनु पर्ने, महिला र बालीकाको मानवअधिकार विरोधि घटना तथा छुवाछुतका घटनाको सत्यतथ्य पत्ता लगाउन, घटनाको अनुगमन र निगरानी गर्न पालिका स्तरमा एक स्वतन्त्र र बलियो निगरानी सयन्त्रको व्यवस्था गरी कार्यान्वयन गर्नु पर्ने लगायतका माग गरे डोटी जिल्लामा क्रियाशिल एक दर्जन गैर सरकारी संस्थाको एक्येबद्धता सहित ज्ञापनपत्र बुझाएका हुन ।
मंगलबार सम विकास केन्द्र नेपाल डोटी, गैरसरकारी संस्था महासंघ डोटी, सिड नेपाल डोटी, दलित महिला संघ डोटी, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ शाखा डोटी, मुक्त हलिया समाज डोटी, महिला अधिकार मञ्च डोटी, सोर्श नेपाल डोटी, सामुदायिक विकास केन्द्र डोटी र दिगो विकास समाज नेपाल डोटीले सयुक्त रुपमा विभिन्न माग राख्दै डोटीका प्रमुख जिल्ला अधिकारी भिम प्रशाद भट्राईद्धारा प्रधानमन्त्रि केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन ।
