
सुवास नेपाली,
साउन ०९, डोटी

डोटीमा जारी खप्तड-शैलेश्वरी गोल्ड अन्तर्गत मङ्गलवार भएको सेमिफाइनल खेलमा भैरव प्रसाद गण “ए” विजयी भएको छ ।भैरव प्रसाद गण” ए” र डिएसएस दिपायल बिच भएको खेलमा भैरव प्रसाद गण ३-० गोल अन्तरले विजयी भएको हो । यो जितसँगै भैरव प्रसाद फाइनलमा प्रवेश गरेको छ । यो खेलमा भैरव प्रसाद गणका अनीश लामा म्यान अफ द म्याच घोषित भए ।
बुधवार साढे ४ बजे भैरव प्रसाद गण “बि” र एसवाइसी सिलगढी बिच खेल हुने छ । साथै खप्तड-शैलेश्वरी गोल्ड कप अन्तरगत कबड्डी प्रतियोगिता पनि सञ्चालन हुने छ । बुधवार दिउँसो २ बजे कबड्डीको पहिलो खेल नबदिप विद्या निकेतन र दिल्पेश्वर मावि बिच हुने छ ।
