तिन पालिकाका ६ परिवारलाई मौरीघार हस्तान्तरण

Sayalb

डोटीको दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र केआईसिंह गाउँपालिकाका ६ जना कृषकलाई माहुरीको घार प्रदान गरिएको छ ।
एक्सनएड नेपालसंगको साझेदारीमा सम विकास केन्द्र नेपाल डोटीले कोभिड–१९ का कारण जोखिममा रहेका, विपन्न तथा भारतबाट घर फर्केका परिवारको लागि मौरी पालन व्यवसायमा गरिरहेका ६ परिवारलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक केशब परियारले जानकारी दिए ।
मौरी पालन व्यवसायको प्रर्बद्धन गरि वैकल्पिक जिविकोपार्जनमा सहयोग गर्ने उद्धेश्यले मौरी पालनमा सहयोग गरिएको हो । प्रति परिवारलाई आधुनिक घार एक थान, फ्रेमसहित १० थान र पहाडी क्षेत्रमा हुने सेराना जातको मौरी सहयोग गरिएको संयोजक परियारले जानकारी दिए ।

Shaileshwori
Loading...