
सुबास नेपाली, डोटी
अन्तर बिद्यालय फुटबल प्रतियोगितामा पद्म पब्लिक मुक्ति नारायण माद्यामिक बिद्यालय विजयी भएको छ । पबित्र आवासीय माद्यामिक विद्यालयको आयोजना तथा भैरव प्रसाद गणसंगको समन्वयमा संचालन भएको प्रतियोगितामा आयोजक पबित्र आवासीय माध्यामिक विद्यालयलाई २-० गोलले पराजित गर्दै पद्म पब्लिक विजयी भएको हो ।

विजयी भएको विद्यालयले ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ भने उप-विजेताले पनी ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा ६ ओटा विद्यालय सहभागीता रहेको थियो ।
