कांग्रेस बर्छैन गाबिस सभापती सहित एक सय २० जना नेकपामा प्रबेश


नेपाली कांग्रेसका बर्छैन गाबिसका सभापती सहित एक सय २० जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रबेश गरेका छन । नेपाली कांग्रेस बर्छैन गाबिसका सभापती टेकबहादुर बोहरा सहितका १ सय २० जना युवा नेपाल कम्युष्टि पार्टी नेकपामा प्रबेश गरेको अध्यक्ष चक्र मल्लले जानकारी दिएका छन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडीकेदार संकठन कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रमको अबसर पारेर पार्टी प्रबेश कार्यक्रम गरिएको हो ।
जिल्लाका सबै स्थानीय तहमा संगठन बिस्तार तथा प्रशिक्षणको कार्यक्रम गर्दै आएको नेकपाले मंगलबार बडीकेदारमा कार्यक्रम सम्पन्न गरेको हो ।
