डोटी । डोटीको शिखर नगरपालिकामा सामुदायिक कार्य योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ईएलसिए/एलडब्लुएफ सहयोगमा उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च (युएसएसबिएम) को आयोजनामा कार्य योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रवर्धनका लागि सामुदायिक परियोजना साहस-२ अन्तर्गत बुधवार शिखर नगरपालिका वडा नम्बर ६ तल्कोट र बिहिवार वडा नम्बर ११ तल्लिसातमा कार्यक्रम भएको युएसबिएमका गणेश कोलीले जानकारी दिए । वडा नम्बर ६ तल्कोटमा रहेको प्रगतिशील मुक्त हलिया बचत तथा ऋण सहकारी संस्था र वडा नम्बर ११ तल्लिसातमा सञ्चालित उद्यमशील बचत तथा ऋण सहकारी संस्थाका कार्य समितिका पदाधिकारी, विभिन्न उपसमितिका संयोजक तथा सदस्यको सहभागितामा कार्यक्रम भएको कोलीले बताए ।
संस्थाको कार्य योजना पक्ष, योजना र कार्यान्वयन, अनुगमन र मूल्याङ्कन, सुशासन, समन्वय तथा सञ्जालका बारेमा छलफल गरी माकुराको जालोसहित तयार गरिएको छ ।