जोरायलमा सामुदायिक कार्य योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी 

डोटी : डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ मा सामुदायिक कार्य योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । शुक्रवार ईएलसिए/एलडब्लुएफको आर्थिक सहयोगमा उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च (युएसएसबिएम) को आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।

Sayalb

मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रवर्धनका लागि सामुदायिक परियोजना साहस-२ अन्तर्गत कार्यक्रमको आयोजना गरिएको युएसबिएमका जिपीकोपार्जन सहजकर्ता गणेश बहादुर कोलीले जानकारी दिए । गोष्ठीमा संस्थाको कार्य योजना पक्ष, योजना र कार्यान्वयन, अनुगमन र मूल्याङ्कन, सुशासन, समन्वय तथा सञ्जालका बारेमा छलफल तयार गरिएको छ । साथै संस्थाको भावि योजना, लेखा अवस्था, वित्तीय दिगोपना, सेवा सुविधा लगायतका विषयमा पनि छलफल गरिएको छ ।

कार्यक्रममा लगनशील मुक्त हलिया कृषि सहकारी संस्थाका कार्य समितिका पदाधिकारी, विभिन्न उपसमितिका संयोजक तथा सदस्यको सहभागितामा रहेको जीविकोपार्जन सहजकर्ता कोलीले बताए ।

Shaileshwori
Loading...