बुधबार डोटीका थप सात जनामा कोरोना संक्रमण पुष्टि

असोज १४, डोटी
बुधबार डोटीका थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरीएको परिक्षणमा डोटीका एक नेपाली सेनाका जवान सहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनु भयो । सात जना नया कोरोना संक्रमित थपिए संगै जिल्लामा जम्मा कोरोना संक्रमितको सख्या एक हजार ९३ पुगेको छ ।

बुधबार जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ का २६ वर्षय एक पुरुष, वडा नम्बर ३ का ३३ वर्षका एक पुरुष, नगरपालिकाकै वडा नम्बर ४ का २० वर्षीय नेपाली सेनाका एक जवान, शिखर नगरपालिका-११ का ३२ वर्षिय पुरुष, बोगटान फुड्सिल गाउपालिका-१ का १९ र २८ वर्षका दुई जना पुरुष र के.आई.सिंह गाँउपालिका-४ का ४६ वर्षका पुरुष गरी सात जनामा कोरोना देखिएको स्वस्थ्य कार्यालय प्रमुख मलासीले बताउनु भयो ।
