
दिवङ्गत स्वास्थ्यकर्मी जानकी बोहराको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ । गिरिचौका स्वास्थ्य चौकीमा कार्यरत एएनएम जानकी बोहराको सुत्केरी हुने क्रममा गत वर्ष आजकै दिन (भाद्र८) गते निधन भएको थियो ।
आदर्श गाउँपालिकाले कार्यक्षेत्रमा दत्तचित्तका साथ सेवाग्राहीको सेवा तल्लीन रहने जानकी बोहराको कामलाई उच्च मूल्याङ्कन गरी रु एक लाखको ‘जानकी स्मृति अक्षय कोष’ गिरिचौका स्वास्थ्य चौकीमा स्थापना गरिएको आदर्श गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाले उच्च प्राथमिकताका साथ स्मृति दिवस मनाइ अक्षयकोष स्थापना गर्नुले बहिनीको योगदानको मूल्याङ्कन गरेको महसुस भएको जानकीकी दिदी देवकी बोहराले बत्ताइन् । उनले भनिन् ‘ यस कार्यका लागी अध्यक्ष गणेश बहादुर खड्का ज्यु उपाध्यक्ष लक्ष्मी रोकाया ज्यु गाउँ कार्यपालिका सदस्य ज्यु हरू आदर्श स्वास्थ्य शाखा प्रमुख बम बहादुर खड्का ज्यु यशोदा ओझा ज्यु स्वास्थ्य शाखा परिवार ,गिरिचौका स्वास्थ्य चौकी आदर्श वडा न ६ एवं वडा अध्यक्ष लाल बहादुर खडायत ज्यु लगायत सम्पूर्ण गिरिचौका बासी प्रति आभार व्यक्त गर्दछु ।’


