Before Header
After Navigation

उपसेनानी कार्कीको रगतले जोगियो डोटीकी एक बालिकाको ज्यान  

सुवास नेपाली 
भदौ १५, डोटी
नेपाली सेनाका एक अधिकृतको रगतले डोटीमा एक बालिकाको ज्यान जोगिएको छ । महिनावारी भएका बेला अत्यधिक रक्तस्राव भएपछि शरीरमा रगत अभाव भई ज्यान जोखिममा परेकी आदर्श गाउँपालिका–३ कि १३ वर्षीया एक बालिकालाई डोटी स्थित नेपाली सेना भैरव प्रसाद गणका उपसेनानी मिलन कार्कीले रगत दिएका हुन् ।
Sagan sahari bhawan nirman aayojana
बालिकालाई अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको थियो । अस्पतालले उनलाई रगत आवश्यक भएको बताएपछि कार्कीले रगत दिएका हुन् । अहिले ती बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
डोटी जिल्लामा तैनाथ नेपाली सेनाको भैरव प्रसाद गणबाट आर्थिक वर्ष २०७९/८० मा स्थानीय नागरिक तथा विभिन्न निकायको अनुरोधमा गणमा कार्यरत १० जना सकलदर्जाहरुबाट विभिन्न समूहको रक्तदान गरी विभिन्न प्रकारका बिरामीको ज्यान जोगाउन सफल भएको भैरव प्रसाद गणका गणपति परीक्षित देउजाले जानकारी दिए ।
Shaileshwori
Loading...