पिपल्लामा जथाभाबी पार्किङ  : ट्राफिक अस्तब्यस्त 

डोटीका प्रमुख बजारको रूपमा रहेको पिपल्ला बजारमै जिप पार्किङ हुन थालेपछि ट्राफिक अस्तब्यस्त भएको छ । सडकका दुवै किनारामा गाडी पार्किङ हुन थालेपछि समस्या भएको यात्रुहरूले बताएका छन् ।
यसरी पार्किङ गरेर राख्दा हुँईकियर आउने गाडीहरू पैदल यात्रीलाई ठक्कर दिने सम्भावना हुने भएका कारण दुर्घटनाको जोखिम बढ्ने गरेको दिपायलमा सामान किनमेल गर्न आएका केआईसिंह गाउँपालिका वडा नं. ४ का स्थानीय शङ्कर विष्टले बताए । उनले भने ‘हामी जिपको अघि वा पछिबाट छिरेर जानु पर्ने हुन्छ उताबाट आइरहेको गाडीले हामी आएको देख्दैन त्यही बेला दुर्घटना हुने बढी खतरा हुन्छ ।’

पिपल्ला बजार क्षेत्र
Sayalb

बिहान १० बजे देखी दिउँसो तिन बजेसम्म दिपायलमा ट्राफिक व्यवस्थापनका लागी समस्या हुने गरेको ट्राफिक प्रहरी कार्यालय दिपायलमा प्रमुख सुरज खड्काले बताए । खड्काले भने ‘दिन दिनै फाइन काटेर सम्भव पनि छैन, ग्रामीण सडकमा चल्ने जिपहरू एकै पटक आउँछन् बसपार्कमा बसहरूले भरिएको हुन्छ अर्को राख्ने वैकल्पिक ठाउँ पनि छैन हामीले एक साइडमा मात्रै पार्किङ गर्न भनिरहेका छौँ ।’
टिकट काउन्टर बसपार्क भित्र नभई बजारमा टिकट काट्ने भएका कारणले सडकमा पार्किङ गर्ने कार्यलाई प्रोत्साहन गर्ने गर्ने गरेको रोयल बोगटान होटेलका सञ्चालक नरेश बोगटीले बताए ।

टिकट काउन्टर

बोगटीले भने ‘ टिकट काउन्टर खण्डहर भएको छ बजारको होटेलमा टिकट काट्छन् अनि कसरी बसपार्कको सदुपयोग हुन्छ ।’ पिपल्ला बजारमा ट्राफिक व्यवस्थापनका लागी बसपार्कमै टिकट काट्ने  हो भने मात्रै सम्बभ  हुने स्थानीयको भनाइरहेको छ  ।  अस्तब्यस्त  गाडी पार्किङले बजार समेत कुरूप देखिएको छ ।

Shaileshwori
Loading...