बुधबार सुदूरपश्चिमका एक सय ९६ जना कोरोना संक्रमित पुष्टि

असोज १४, डोटी
सुदूरपश्चिम प्रदेशमा बुधबार मात्र एक सय ९६ जनामा  कोरोना पुष्टि भएको छ । डोटी जिल्ला अस्पताल, सेति प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५६ जनाको कोरोना परिक्षण गरिएकोमा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुने सात जना डोटीका र दुई जना अछामका हुन ।

Sayalb

उता सेती प्रादेशिक अस्पतालमा तीन सय ६१ जनाको कोरोना परीक्षण भएकोमा एक सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका एक सय ५६ जना, कञ्चनपुरका २१, बझाङका तिन, अछाम, डडेल्धरा, बैतडी जिल्लाका एक/एक गरी तिन जना, बर्दीयाका एक जनामा कोरोना देखिएको हो । यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा ३९ जनाको कोरोना परिक्षण गर्दा डडल्धुरा जिल्लाका थप दुई जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । र बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा एक जनामा संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...