मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल पत्ता लागेको दाबी

Sayalb

मङ्गल ग्रहको दक्षिणी ध्रुव नजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका खबरहरु सार्बजनिक भएका छन ।
वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएका मध्ये एक चौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन् । जीवनका लागि तरल पानी महत्त्वपूर्ण हुन्छ, त्यसैले यो नयाँ जानकारी सौर्यमण्डलमा जीवनको खोजी गर्नेहरूका लागि रोचक हुनेछ ।
अर्बौँ वर्षअघि मङ्गल ग्रहको सतहमा नदीमार्फत् पानी बग्थ्यो र त्यहाँ तालहरू बनेका थिए । नासाको अन्तरिक्ष यानले मङ्गल ग्रहमा कसरी जीवनको अस्तित्व पत्ता लगाउला, के शुक्र ग्रहमा कुनै जीव हुनसक्छ त्यसपछि मङ्गल ग्रहले आफ्नो तात्कालिक पर्यावरण गुमाएकाले लामो समयसम्म त्यहाँको सतहमा पानी तरल अवस्थामा रहन सक्दैन ।
इटलीको न्याश्नल इन्स्टिट्यू अफ एस्ट्रोफिजिक्स बोलोग्नाका डा. रोबेर्टो ओरोसीले भने, “पानीका यी प्रणालीहरू विगतमा थिए भन्ने अधिक सम्भावना देखिन्छ । त्यसले वास्तवमै पूरा ग्रहको इतिहासमा त्यहाँ तपाईंका लागि वासस्थान थियो वा वासस्थानकै समान थियो भन्ने देखाउँछ ।
उनका अनुसार मङ्गल ग्रह जवलायु विनाशबाट गुज्रिँदै गर्दा अधिक तातो ग्रह बन्दै गएको थियो । तर त्यो कति तातो बनेको थियो भन्ने कुरा स्पष्ट छैन । “त्यहाँ एउटा ठाउँ थियो जहाँ जीवन रहन सक्थ्यो,“ उनी भन्छन् ।
युरोपियन स्पेस एजन्सी (ईएसए) को मार्स एक्स्प्रेस यानमा रहेको रेडार उपकरणले पठाएका विवरणहरू प्रयोग गरेर यो कुरा पत्ता लगाइएको हो ।
सन् २०१८ मा अध्येताहरूले रेडारले पठाएका विवरणहरू प्रयोग गरेर मङ्गल ग्रहको दक्षिणी ध्रुवका सतहको डेढ किलोमिटरमुनि २० किलोमिटर फराकिला भूमिगत तालहरू रहेको सङ्केत गरेका थिए ।
बिबिसी नेपालीबाट साभार

Shaileshwori
Loading...