सुुदूरपश्चिमको नीति तथा योजना आयोग उपाध्यक्षमा पूर्वसचिव उपाध्याय नियुक्त 

असोज ०९, धनगढी । सुुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई नियुक्त गरेको छ । प्रदेश सरकारले तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारले नियुक्त गरेका मोहनदेव विष्टलाई हटाएर पूर्वसचिव अनुपकुमार उपाध्यायलाई नियुक्त गरेको हो ।

Sayalb

मुख्यमन्त्री शाहले तत्कालीन सरकारले नियुुक्त गरेका विष्टको पदावधी नसकिँदै उपाध्यायलाई नियुुक्त गरेका हुन् । आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहले उपाध्यायलाई नियुक्त गर्दै आज पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

उपाध्याय नेपाल सरकारका सेवा निवृत्त सचिव हुन । उपाध्यायले हालसम्म प्रधानमन्त्री कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रपति कार्यालय, सिँचाइ मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा मन्त्रालयको सचिव भइसकेका छन् ।

Shaileshwori
Loading...