माओवादी नेता कृष्ण बडुवालको निधन

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ । केही दिनदेखि निमोनियाको सङ्क्रमणले थला परेका बडुवालको उपचारको लागि लखनउ लैजादै गर्दा बाटोमै निधन भएको हो ।
लम्किचुहा नगरपालिका -२ चौरी निवासी  बडुवाल पार्टीको तीन अभियान क्रममा कार्यक्षेत्र डोटी कमान्ड नं. ६  बडीकेदार र जोरायलको जिम्मेवारीमा  खटिएका महेश स्वास्थ्यमा समस्या देखा परेपछि कैलाली फर्किएर उपचारमा लागेका थिए । जनयुद्धकारदेखि पार्टीको इमानदार सिपाहीको रूपमा जिम्मेवारी पूरा गर्दै आएका महेश सामाजिक कार्यमा समेत सहभागी हुँदै आएका थिए ।
Sayalb
जनयुद्धको क्रममा सुर्खेत जेल ब्रेकका योद्धा समेत हुन् । केही वर्ष अघि मात्रै उनले आफ्नो जिवनसंगिनी र छोरालाई जोरायल बस दुर्घटनामा गुमाएका थिए ।
Shaileshwori
Loading...