नेकपा एसका जिल्ला उपसचिव सहित १४ नेता एमालेमा फर्किए

Sayalb

रामहरि ओझा
१६ असोज, डोटी
नेकपा एकिकृत समाजबादीका जिल्ला उपसचिव भक्तबहादुर साउँद सहित बडीकेदार गाउँपालिकाबाट १४ नेता नेकपा एमालेमा फर्किएका छन् ।
हाल बिदेशमा रहेका उपसचिव साउँदले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफु एमालेमै फर्किएको घोषणा गरेका हुन् । “नेकपा एमालेबाट विद्रोह गरी नेकपा एकिकृत समाजवादीको जन्म हुँदै गर्दा भनिएको थियो कि पार्टीमा अराजकता निर्मूल पारी अनुशासन कायम गर्ने, देशमा सुशासन कायम गर्ने, लोकतन्त्रको संरक्षण तथा भ्रष्टाचारको अन्त्य, उच्च आर्थिक बृद्धिदर, दिगो विकास गरि समृध्द नेपाल बनाई समाजवादमा पुग्ने” साउँदले लेखेका छन् “तर, त्यो बाटो हिड्नुको सट्टा उल्टै सिंगै पार्टी अवसरवाद र भ्रष्टाचारमा चुर्लुम्मै डुबेको देखियो।” उनले नेकपा एस दक्षिणपन्थीको टेको बन्दै चरम पुँजीवादको भाषमा फसेको, राष्ट्रियता कमजोर पार्दै विदेशीको दलाल भएको आरोप लगाएका छन् । उनी थप्छन् “पार्टी फुटको पुष्ट्याई गर्न नसकेको, व्यक्तिगत अभिष्ट पूरा गर्ने हेतुले कार्यकर्तालाई भ्रममा पारेको र कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने तिनको मनोभाव जनताले प्रष्ट बुझिसकेका छन ।”
यिनै कारणले आफु लगायत बडिकेदारका नेकपा एसमा जोडिएका साथीहरुले याे पार्टीमा बसिरहन उचित नदेखिएकोले राजनीतिक जीवनको शुरुवातदेखि २८ वर्षको सबै खाले लगानी लगाएको आफ्नै पार्टी नेकपा एमालेमा समाहित भएको बताएका छन् । आफु अहिले देशबाहिर रहेपनि प्रवासमा संगठनमा आवद्ध भई राजनीतिक जीवन अगाडी बढाउने प्रतिबद्धता पनि उनले ब्यक्त गरेका छन् । उनले नेकपा एसमा लागेका सबैलाई नेकपा एमालेमा समाहित हुन अपिल गरेका छन् ।
साउँद गत स्थानीय तहको निर्वाचनमा माओबादी-एस गठबन्धनबाट बडीकेदार गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका थिए ।
साउँदसंगै एमाले प्रवेश गर्नेहरुमा जिल्ला कमिटी सदस्य शारदा कठायत, गाउँ कमिटी अध्यक्ष लाल व मन्नी, गाउँ कमिटी सदस्यहरु, वडा कमिटी अध्यक्षहरु रहेको नेकपा एमाले बडीकेदार गाउँ कमिटीका अध्यक्ष प्रकाश धामीले जानकारी दिए ।

Shaileshwori
Loading...