मानव अधिकार हननका कयौं घटना कानुनी प्रक्रियामा आउँदैनन् 

असोज १८, डोटी 
मानव अधिकार हनन सम्बन्धीका घटना मुद्दा प्रक्रियामा नआउने गरेको एक कार्यक्रमका सहभागीले बताएका छन् । बिहीबार सिलगढीमा अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार सम्बन्ध डोटी जिल्लाको अवस्था बुझ्ने उद्देश्य आयोजना गरेको छलफल कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
जिल्लामा मानव अधिकार हनन सम्बन्धीका घटना थुप्रै घट्ने भए पनि राजनीति पहुँचका आधारमा मुद्दा प्रक्रियामा आउनुपुर्व नै विभिन्न प्रलोभन तथा डर धम्की दिएर घटना साम्य हुने गरेको सहभागीले बताएका थिए । यस्ता क्रियाकलापले पीडित थप पीडा भोग्न बाध्य हुनेमा उनीहरूको जोड थियो । कतिपय पीडितहरुलाइ कानुनी ज्ञान नहुँदा पनि समस्या भइरहेको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले यस्ता घटनामा कमी ल्याउन पत्रकारहरूले भूमिका खेल्नुपर्ने बताए । पत्रकारहरू आैपचारी कार्यक्रमका समाचार मुखी हुन थालेको बताउँदै आजको आवश्यकता खोज पत्रकारिता रहेको बताए । द्वन्द्वकालीन अवस्थाको एक मुद्दाको विषयमा अध्ययन गर्न अछाम गएर धनगढी फर्किने क्रममा संयोजक जोशीले डोटीका पत्रकार, नागरिक समाज तथा मानवअधिकारकर्मीसँग छलफल गरेका हुन् ।
Sayalb
Shaileshwori
Loading...