बिहिबार डोटीका चार जनामा कोरोना संत्रमण पुष्टि
डोटी
डोटी जिल्लामा बिहिबार थप चार जनामा कोरोना संत्रमण पुष्टि भएको छ । सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परिक्षमा डोटीका थप चार जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । चार जना नँया कोरोना संक्रमित थपिए संगै जिल्लामा जम्मा कोरोना संक्रमित हुनेको संख्या एक हजार ९७ पुगेको छ । बिहिबार थपिएका कोरोना संक्रमित जिल्लाको बढीकेदार गाँउपालिकाका हुन । गाँउपालिकाको वडा नम्बर २ का २२ वर्षीय एक पुरुष, वडा नम्बर ४ का ६४ वर्षका एक पुरुष र वडा नम्बर ५ का ३० र ४५ वर्षका दुई पुरुष गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख मलासीले बताउनु भयो । हाल जिल्लामा संक्रिय संक्रमितको संख्या एक सय १८ रहेको छ ।