डोटीका स्थानीय तहका कर्मचारीले ‘पेन डाउन’ गरेपछि  कामकाज ठप्प

स्थानीय तहका कर्मचारीले ‘पेन डाउन’ गरेपछि डोटी जिल्लाका ९ स्थानीय तहका कामकाज ठप्प भएका छन् । गत असोज १९ गते देखी स्थानीय तहका कर्मचारीले ‘पेन डाउन’ भन्दै अनिश्चित कालका लागी काठमाडौँ केन्द्रित आन्दोलन गर्न थालेपछि स्थानीय तहका कामहरू प्रभावित भएका छन् ।
आफ्नो माग पुरा नभएसम्मका लागी काठमाण्डौं केन्द्रित आन्दोलन सङ्घर्षका कार्यक्रम तयार गरिएको डोटी  स्थानीय तह कर्मचारी सङ्घर्ष समितिका सचिव मीनबहादुर चन्दले बताए ।
Sayalb
स्थानीय तहका कर्मचारीहरूले सङ्घीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने,   सङ्घीय प्रदेश र स्थानीय सेवाको पदमा बहाल रहेका स्थायी कर्मचारीहरूलाई निजामतीको परिभाषा भित्र समेटिनुपर्ने , स्वरूप  स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने , तीन वटै तहमा तहगत प्रणाली लागु गरिनुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेका छन् ।
सङ्घीय कानुन बमोजिम समायोजन भएका, लोकसेवा आयोगबाट सिफारिस भई नियुक्त भएका, प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई नियुक्त भएका र साबिक स्थानीय तहका कर्मचारीहरू ७५३ स्थानीय तहहरूमा नै बिना सहमति स्वचालित, वैज्ञानिक, पूर्व अनुमानयोग्य र चक्रीय प्रणाली अनुसार २ र २ वर्षमा सरुवा हुनुपर्ने व्यवस्था गरिनुपर्ने एउटै प्रदेश भित्र प्रदेशले र अन्तर प्रदेश स्थानीय तह सरुवा सङ्घीय मामिलाद्वारा गरिनुपर्ने माग गर्दै आएका छन् ।
Shaileshwori
Loading...